Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भियतनाममा बाढी पहिरोमा परी २५ जनाको मृत्यु

भियतनाममा बाढी पहिरोमा परी २५ जनाको मृत्यु

  • बिहिवार, कार्तिक १३ २०७७

  • 1.1K
    SHARES

  • भियतनाममा बाढी पहिरोमा परी २५ जनाको मृत्यु

    भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको छ ।

    साथै पहिरो थप ४० जना हराइरहेका छन् । भियतनामका उपप्रधानमन्त्री ट्रिन डिङ डुङले खराब मौसमको कारण उद्धार कार्यमा समस्या भइरहेको बताएका छन् । उनका अनुसार भियतनामले उद्धारको लागि सयौंको संख्यामा प्रहरी खटाएको छ । स्थानीय टेलिभिजनले आज उल्लेख गरे अनुसार तुफानको कारण समुद्रमा हराएका १२ जना माझीको शव फेला परेको छ । थप १४ जना हराइरहेका छन्।
    अक्टोबरयता तूफान, भारी वर्षा र बाढीको कारण १० लाखभन्दा धेरै मानिसहरु प्रभावित भइसकेका छन् । भियतनामको सरकारले दिएको जानकारीअनुसार तूफानको कारण १० लाखभन्दा धेरै मानिसहरु बिजुलीबाट बत्तिचत भएका छन् भने ५६ हजार घरहरु ध्वस्त भएका छन्।


    बिहिवार, कार्तिक १३ २०७७०३:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij