Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले माग्यो लिखित जवाफ

महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले माग्यो लिखित जवाफ

  • आइतवार, बैशाख २३ २०८१

  • 1.0K
    SHARES

  • महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले माग्यो लिखित जवाफ

    काठमाडौं । पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ मागेको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

    बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौं प्रहरीको रायलाई सदर गरेको हो ।

    अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ । सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।


    आइतवार, बैशाख २३ २०८१०३:४१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij