काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुग्नु भएको छ।
एक दिने भ्रमणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिनुभएकी उहाँले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुहुने छ ।
सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गर्नुभएको थियो ।
भ्रमण तालिका अनुसार विदेशमन्त्री योकोले २ः३० बजे दरबार स्क्वायरको भ्रमण गर्नुहुनेछ । भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग दुई पक्षीय वार्ता हुनेछ ।
३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उहाँ पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुनुहुनेछ। डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उहाँ राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।