Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज सुनाए : ढकाल

इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज सुनाए : ढकाल

  • शनिवार, बैशाख २२ २०८१

  • 821
    SHARES

  • इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज सुनाए : ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ। शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो।

    उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताउनुभयो। उहाँले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताउनुभयो ।

    उहाँले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताउनुभयो । ढकालले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बता.उनुभयो । इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पनि पार्टीले निकालेको छ।


    शनिवार, बैशाख २२ २०८१०२:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij