Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सहकारी प्रकरण जटिल बन्यो, संसद चल्ने/नचल्ने भन्न सकिएन : प्रचण्ड

सहकारी प्रकरण जटिल बन्यो, संसद चल्ने/नचल्ने भन्न सकिएन : प्रचण्ड

  • शनिवार, बैशाख २२ २०८१

  • 2.5K
    SHARES

  • सहकारी प्रकरण जटिल बन्यो, संसद चल्ने/नचल्ने भन्न सकिएन : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरण जटिल बनेको ब्रिफिङ गर्नुभएको छ ।

    सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद्को सहकारीको समस्या समाधान गर्नको लागि ठोस निर्णय गर्ने जानकारी गराउनुभयो ।

    उहाँले बैठकमा भन्नुभयो, ‘सहकारीको समस्या गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका गर्नको लागि संसदीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। उहाँले अहिले पनि अधिवेशन आह्वान गरेपनि चल्ने नचल्ने निश्चित नभएको बताउनुभयो ।

    उहाँले प्रतिपक्ष दल नेपाली कांग्रेसले समीकरण भत्काउने प्रयास गरेपनि तत्काल सम्भावना नरहेको जिकिर गर्नुभयो ।


    शनिवार, बैशाख २२ २०८१०२:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij