Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

  • शनिवार, बैशाख २२ २०८१

  • 1.3K
    SHARES

  • यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारसम्मको तुलनामा यो साता मूल्य घटेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ थियो यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ छ ।

    सुनको मूल्यमा गिरावट आएको साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

    गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १६ सय ७५ रुपैयाँ रुपैयाँ थियो । यो साता प्रतितोला ३० रुपैयाँ घटेसँगै १६सय ४५ रुपैयाँ कायम भएको छ ।


    शनिवार, बैशाख २२ २०८१०२:०६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij