Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

  • शनिवार, बैशाख २२ २०८१

  • 798
    SHARES

  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

    काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी–२० शृंखलाअन्तर्गत आज अन्तिम खेल खेल्दैछ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३–१ ले जितिसकेको छ। त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं तथा अन्तिम खेल मध्यान्ह १२ः१५ बजेबाट सुरू हुने छ।

    नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपश्चात आइतबार दोस्रो खेलमा १० रन, बुधबार भएको तेस्रो खेलमा ७६ रनले नेपाल पराजित भएको हो।यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।

    आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग टी–२० शृंखला खेलिरहेको हो। आजको खेलपश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकप खेल्नका लागि प्रस्थान गर्नेछ। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा पनि अभ्यास गर्नेछ।

    नेपालले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरिसकेको छ। क्यानले विश्वकप खेल्न जाने टोलीलाई शुक्रबार बिदाई गरेको थियो। नेपाली टोली १० वर्षपछि विश्वकप खेल्न लागेको हो।


    शनिवार, बैशाख २२ २०८१०७:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij