Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल लाइफद्वारा वाल आश्रमलाई पिउने पानी टंकि सहयोग

नेपाल लाइफद्वारा वाल आश्रमलाई पिउने पानी टंकि सहयोग

  • शुक्रवार, बैशाख २१ २०८१

  • 837
    SHARES

  • नेपाल लाइफद्वारा वाल आश्रमलाई पिउने पानी टंकि सहयोग

    काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३औं बार्षिकोत्सवको उपलक्ष्यमा सुर्खेतमा रहेको एक वाल आश्रमका लागि पिउने पानी टंकि हस्तान्तरण गरेको छ।

    कम्पनीले आज एक कार्यक्रमकाबीच बादी सरोकार मञ्च नेपालद्धारा संरक्षित १५५ जना बादी समुदायका बाल बालिका रहेको उक्त वाल आश्रमका लागि पानी टंकि सहयोग गरेको हो।

    कार्यक्रममा नेपाल लाइफ कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अनन्त अधिकारी, सुर्खेत शाखा प्रमुख चक्र बहादुर बिष्ट सहितको उपस्थिति रहेको थियो।

    नेपाल लाइफ नेपालको सर्वाधिक बिश्वासिलो जीवन वीमा कम्पनि हो। कम्पनीले जीवन वीमा सेवा संगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि प्राथमिकताका साथ संचालन गरिरहेको छ।

    कम्पनीले २३ औं बार्षिकोत्सवको उपलक्ष्यमा निशुल्क स्वास्थ शिविर, रक्तदान, बृक्षारोपण तथा बिभिन्न सामाजिक कार्य गरि बार्षिकोत्सव मनाइरहेको छ।

    440835548_412317241589145_7735861631335236834_n.jpg


    शुक्रवार, बैशाख २१ २०८१०८:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij