काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जानुहुने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो ।
भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो ।
९२ देशका निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको छ । पर्सि आइतबार त्यहाँको निर्वाचन आयोगका अधिकारीहरुले कसरी चुनाव हुँदैछ भनेर जानकारी गराउने कार्यक्रम छ ।