Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

  • शुक्रवार, बैशाख २१ २०८१

  • 248
    SHARES

  • विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।
    सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्राविधिक कारण आजको प्रदेश सभाको बैठक हुँदैन । भोलिसम्म हुने सम्भावना देखिन्छ । जुनकारण आज प्रदेश सभाको बैठक स्थगित भएको छ ।’

    एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडानमा बसेको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।


    शुक्रवार, बैशाख २१ २०८१०४:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij