काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अहिले धेरै चुनौतीहरू देखा परेको बताउनु भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै पार्टीमा देखिएको चुनौतीको सामना गर्न पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, अहिले कांग्रेसको अगाडि धेरै चुनौतीहरू छन्, त्यसको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। चुनौतीका सामना गर्दै अगाडि बढ्छ भन्ने विश्वास छ।
उहाँले अहिले देशका युवा पङ्क्तिमा खेलप्रति आकर्षण बढ्दै गएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।