Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

नयाँ सत्ता समीकरण परिवर्तनको शिरामा, माधव नेपाल प्रधानमन्त्री बन्ने दाउ कुर्दै (खास खबर)

नयाँ सत्ता समीकरण परिवर्तनको शिरामा, माधव नेपाल प्रधानमन्त्री बन्ने दाउ कुर्दै (खास खबर)

  • बिहिवार, बैशाख २० २०८१

  • 3.7K
    SHARES

  • नयाँ सत्ता समीकरण परिवर्तनको शिरामा, माधव नेपाल प्रधानमन्त्री बन्ने दाउ कुर्दै (खास खबर)
    काठमाडौं । नयाँ सत्ता समीकरण बनेको दिनबाटै खटपट शुरु भएयता शंका र अविश्वास अझै हट्न सकेको छैन । जसलाई प्रदेशमा निर्माण हुन नसकेको सरकार र जबरजस्त रुपमा बिस्तार गरिएका सरकारले मलजल गरिरहेको छ । प्रमुख प्रतिपक्षीको बेञ्चमा पुगेको नेपाली कांग्रेसले पनि सुरुवाती दिनदेखि सत्ता ढाल्ने रणनीति लिएको देखिन्छ । एमाले–कांग्रेस सत्ता समीकरण बन्न खोजेको चर्चाका बीच नेकपा एकीकृत समाजवादी रणनीतिक रूपमा ‘मुभ’ हुन खोजेको देखिन्छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणको प्रयासमा जुटेको पाइएको छ । पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री बन्ने प्रयास सामान्य रहेको बताउँदै प्रचण्डका कारण जनतामा निराशा छाएको दाबी गर्नुभएको छ ।  
     
    गत चैत ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एमाले अध्यक्ष ओलीले संसदबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई संवादको निम्तो दिनुभएको थियो । गत वैशाख १० मा नेकपाको ७५ औँ स्थापना दिवसमा पनि ओलीले ‘सहारा दिन्छु’ भन्दै सहकार्यका लागि तयार रहेको सन्देश दिनुभएको थियो । जसले प्रचण्डलाई झस्काइराखेको छ । यदि समीकरण परिवर्तन हुने परिस्थितिमा आफू ब्याक भएर कांग्रेसको सहमतिमा माधव नेपाललाई प्रधानमन्त्री स्विकार्न प्रचण्ड तयार रहेको स्रोत बताउँछ । तर, कांग्रेस नेता एवं सांसद प्रकाशशरण महतले यो विषयलाई इनकार गर्नुभएको छ । 
     
    गठबन्धनकै मुख्य घटक एमाले पनि कांग्रेससँग संवादमा रहेको बताइएको छ । वर्तमान गठबन्धनमा नेपाललाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओली सकारात्मक नदेखिएपछि नयाँ तरिकाबाट छलफल सुरु भएको हो । एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्रीमा आलोपालोको सहमति भएको बताएपछि ओलीले संसदमै खण्डन गर्नुभएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले तत्काल समीकरण परिवर्तनको अवस्था नरहे पनि ग्यारेण्टी लिन भने नसकिने बताउनुभएको छ ।
     
    अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड नैतिक संकटमा पर्नुभएको छ । कांग्रेसले नपत्याउने र एमालेले जनताको नजरमा गिराउने प्रयत्न गर्दा सिंगो माओवादी पार्टीलाई यसले असर गरेको विश्लेषण हुने गरेको छ । 
     


    बिहिवार, बैशाख २० २०८१०७:२६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij