Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाम र बझाङमा एमालेले क्लीन स्वीप गरेपछि कांग्रेस, माओवादी र रास्वपालाई चुनौति (खासखबर)

इलाम र बझाङमा एमालेले क्लीन स्वीप गरेपछि कांग्रेस, माओवादी र रास्वपालाई चुनौति (खासखबर)

  • मंगलवार, बैशाख १८ २०८१

  • 669
    SHARES

  • इलाम र बझाङमा एमालेले क्लीन स्वीप गरेपछि कांग्रेस, माओवादी र रास्वपालाई चुनौति (खासखबर)

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ ‘क’ मा क्लीन स्वीप गरेको नेकपा एमालेले विजयोत्सव मनाइरहँदा नेपाली कांग्रेस र रास्वपाले अन्तर्मनदेखि हार स्वीकार गरेका छन् । कांग्रेसले आफ्नो प्रमुख प्रतिस्पर्धी एमाले रहेको बताउँदै सामान्य मतान्तरले बझाङ र अलि बेशी मतान्तरले इलाममा पराजय व्यहोर्नुको कारणबारे समिक्षा गर्ने जनाइसकेको छ ।

    नवउदयमान पार्टी रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै इलाम निर्वाचनको समिक्षा गर्ने र आत्तिने अवस्था नरहेको दाबी गरेको छ । आफ्ना उम्मेदवारलाई दिएको मतको सम्मान गर्दै रास्वपाले इलाम–२ को सांकेतिक घण्टीले आफुलाई सचेत गराएको जनाएको छ । रास्वपाका सांसद शिशिर खनालले निर्वाचनको परिणामबाट नआत्ति समिक्षा गर्ने बताउनुभएको छ ।

    नेपाली कांग्रेसका लागि पनि यो निर्वाचन भारी परेको छ । स्वर्गीय सुवास नेम्वाङसँग पराजय व्यहोर्दै आएका डम्बरबहादुर खड्काले उहाँका छोरा सुहाङसँग पनि पराजय व्यहोर्नु समिक्षाको विषय रहेको कांग्रेसको तर्क छ । बझाङमा समेत आफ्नो विरासत गुमाएको कांग्रेसलाई नैतिक संकट देखिएको छ । कांग्रेस सांसद एवं सहमहामन्त्री बद्री पाण्डेले चुनावी समिक्षासहित अबको मुलुकको अभिभारा एमाले र आफूहरुकै काँधमा आएको बताउनुभयो ।

    राजनैतिक रुपमा रास्वपा पनि नैतिक संकटमा धकेलिएको छ । पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्न, उम्मेदवारका विषयमा उठेका प्रश्न र तामझामका कारण पराजित हुन पुगेको रास्वपालाई मिसन ०८४ निकै सकसपूर्ण हुने देखिएको छ । राजनीतिक विश्लेषक हस्तबहादुर केशीले सहकारी ठगी आरोप र कांग्रेस एमालेभन्दा बढी भ्रष्ट भएकै सन्देशले हार व्यहोर्नुपरेको भनाइ छ ।

    उपनिर्वाचनले सबै दलहरुलाई सुध्रिन प्रतिकात्मक सन्देश दिएको छ । लामो समय नेपालको राजनीतिमा राजकीय पदमा बसेको कांग्रेसका लागि पनि चुनौति थपिएको छ भने नयाँ आएका दलहरुको पनि जनताले स्पष्ट खाका र गन्तव्य मागेका छन् । गाली गलौज र सराप्ने प्रवृत्तिले स्थापित भइन्छ भन्ने मान्यता त्याग्न नागरिकको आह्वान छ ।


    मंगलवार, बैशाख १८ २०८१०७:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij