Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जमानत जफत भएपछि रास्वपाले मुख खोल्यो

जमानत जफत भएपछि रास्वपाले मुख खोल्यो

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.8K
    SHARES

  • जमानत जफत भएपछि रास्वपाले मुख खोल्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनको नतिजाको विषयमा गम्भीर समीक्षा गर्ने भएको छ।

    इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने प्रवक्ता डा‍. मुकुल ढकालले बताउनुभयो ।

    विज्ञप्तिमा भनिएको छ, निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं. २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।

    निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गरेका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

    इलाम २ मा निर्वाचित एमालेका सुहाङ नेम्वाङलाई हार्दिक बधाई दिएको छ।

    1.jpg


    मंगलवार, बैशाख १८ २०८१०२:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij