Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

को हुन् सुहाङ नेम्वाङ ?

को हुन् सुहाङ नेम्वाङ ?

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.2K
    SHARES

  • को हुन् सुहाङ नेम्वाङ ?

    काठमाडौं । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको पहिलो संसद यात्रा तय भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुवा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनी बुवाको विरासत जोगाउन सफल भएका छन् ।


    सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका उनले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि उनी अष्ट्रेलिया गएका थिए । त्यहाँ दुई वर्ष बसेर नेपाल फर्किए ।

    स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानून संकायमा बीएलएलबी, वाणिज्य कानूनमा एलएलएम अध्ययन पूरा गरे । सुवासले आफू कानून पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानून नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन् ।


    अहिले आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ ।


    मंगलवार, बैशाख १८ २०८१०२:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij