Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा एक महिनामै एक करोड बिमा शुल्क सङ्कलन

ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा एक महिनामै एक करोड बिमा शुल्क सङ्कलन

  • मंगलवार, बैशाख १८ २०८१

  • 724
    SHARES

  • ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा एक महिनामै एक करोड बिमा शुल्क सङ्कलन

    काठमाडौं। ट्रष्ट माईक्रो इन्स्योरेन्सले एक महिनामै १ करोड बीमाशुल्क आर्जन गरेको छ। ट्रष्ट माईक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेको ३८औँ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो।

    कम्पनीको केन्द्रीय कार्यालय वुटवलमा कुल १ करोड बीमाशुल्क आर्जन गरेको खुसीयालीमा खुसी आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

    गत चैत्र ९ गतेदेखि औपचारिक रुपमा सेवा सुरु गरेको यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामुहिक तथा व्यक्तिगत दुर्घटना विमा, ५० लाख रुपैया सम्मको घर, सम्पत्ति र सावारी साधन विमा सेवा दिने गरेको छ ।

    सरकारले हरेक प्रदेशमा एउटा एउटा लघुबिना कम्पनीलाई लघुबिमा सेवा सञ्चालनका लागि अनुमति दिएकोमा लुम्बिनी प्रदेशमा यही ’ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी’लाई अनुमति दिएको हो।

    कूल पचहत्तर करोड चुक्ता पूँजी राखेर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त उक्त लघु निर्जीवन बीमा कम्पनीले तिलोत्तोमामा मुख्य कार्यालय राखेपनि सेवा भने काठमाडौँसहित धेरै जिल्लाबाट प्रवाह गर्दै आएको छ ।


    मंगलवार, बैशाख १८ २०८११०:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij