Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

तेस्रो लगानी सम्मेलनः आज उर्जा र पूर्वाधारमा सम्झौता हुँदै, यस्तो छ कार्यतालिका

तेस्रो लगानी सम्मेलनः आज उर्जा र पूर्वाधारमा सम्झौता हुँदै, यस्तो छ कार्यतालिका

  • सोमवार, बैशाख १७ २०८१

  • 734
    SHARES

  • तेस्रो लगानी सम्मेलनः आज उर्जा र पूर्वाधारमा सम्झौता हुँदै, यस्तो छ कार्यतालिका

    काठमाडौं। हिजोदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा आज दोस्रो तथा अन्तिम दिन उर्जा र पूर्वधार क्षेत्रमा सम्झौता हुने भएको छ। आज विभिन्न सत्रहरूको कार्यतालिका तय गरेर कार्यक्रम गरिँदै छ।आज अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।

    नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्राडा संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहहनु भएको छ।

    सम्मेलनमा लगानीका निम्ति १ सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डले जनाएको छ। उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता हुनुहुन्छ। बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्।


    सोमवार, बैशाख १७ २०८१०८:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij