Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलामको नयाँ अपडेट : डम्बरको अग्रता कायमै

इलामको नयाँ अपडेट : डम्बरको अग्रता कायमै

  • आइतवार, बैशाख १६ २०८१

  • 2.6K
    SHARES

  • इलामको नयाँ अपडेट : डम्बरको अग्रता कायमै

    काठमाडौं । इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ ।

    फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम राखेका छन् ।

    एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छन् । यी दुवै वडा कांग्रेसले जितेका हुन् ।

    तर, २ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९,कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका छन् ।

    दुवै वडाको मत गणना सकिदा कांग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।


    आइतवार, बैशाख १६ २०८१०४:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij