Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु

  • आइतवार, बैशाख १६ २०८१

  • 452
    SHARES

  • आजदेखि तेस्रो लगानी सम्मेलन सुरु

    काठमाडौं । आजदेखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु हुँदै छ ।

    एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आजदेखि तेस्रो लगानी सम्मेलन २०२४’ सुरु हुन लागेको हो । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन भोलि साँझसम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ ।

    त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ ।

    सम्मेलनको सचिवालयका रूपमा काम गरिरहेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार सम्मेलनका लागि तय गरिएका विषयगत सत्र र छलफल सत्रका लागि ५० जनाभन्दा बढी वक्ता टुङ्गो लागेका छन् ।


    आइतवार, बैशाख १६ २०८१०७:०३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij