Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कमेडी च्याम्पियनमा सुयशाको अर्को सफलता,दोश्रोपटक पर्फर्मर अफ दी राउण्ड बनेर पुगिन् टप ७ मा(भिडियोसहित)

कमेडी च्याम्पियनमा सुयशाको अर्को सफलता,दोश्रोपटक पर्फर्मर अफ दी राउण्ड बनेर पुगिन् टप ७ मा(भिडियोसहित)

  • शनिवार, बैशाख १५ २०८१

  • 1.7K
    SHARES

  • कमेडी च्याम्पियनमा सुयशाको अर्को सफलता,दोश्रोपटक पर्फर्मर अफ दी राउण्ड बनेर पुगिन् टप ७ मा(भिडियोसहित)

    काठमाडौं।नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनालले फेरी अर्को सफलता हात पारेकी छिन्।

    सुरुवाती चरणबाटै फरक र मौलिक प्रस्तुतिले दर्शकहरुको मन जित्दै र तहल्का पिट्दै आएकि खनालले यसपटक फेरी दोश्रोपटक पर्फर्मर अफ दी राउण्ड बनेर टप ८ बाट भोटिङ् राउण्डमै प्रवेश नगरी सिधै टप ७ मा प्रवेश गरेकी हुन्। यसपटक खनालले व्युटीसियनको भुमिकामा प्रस्तुती दिएकी थिइन्।

    खनाल यसअघी टप १० बाट पनि पर्फर्मर अफ दी राउण्ड टप ९ प्रवेश गरेकी थिइन्। अन्य प्रतिष्पर्धीहरुलाई अर्को राउण्डमा प्रवेश गर्न भोटिङ राउण्ड आवश्यक पर्छ।

    काठमाडौंमा जारी कमेडि च्याम्पियनको तेस्रो सिजनमा सम्भवतः उमेरको हिसाबले अहिलेसम्मकै कान्छी (१२ वर्षीया) बालिका खनालले यसअघी पनि आफ्नो अनौठो र उत्कृट प्रस्तुति दिँदै निर्णायकहरुको मन जितेर इतिहासकै नयाँ तथा पहिलो रेकर्डसमेत कायम गर्दै सिधै सुपर १६ मा प्रवेश गरेकी थिइन्।

    उनको प्रस्तुतीले सुरुवातबाटै निर्णायक र दर्शकहरुको मत जित्दै आएको छ। कमेडी च्याम्पियनको निर्णयकमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, चर्चित एवं वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, सफल युवा निर्देशक प्रदिप भट्टराई, चर्चित अभिनेत्री ऋचा शर्मा रहेका छन्। शो हरेक बिहीवार र शुक्रबार कान्तिपुर टेलिभिजनमा तथा ओएसआर रियालिटीमा प्रसारण हुदै आएको छ।


    शनिवार, बैशाख १५ २०८१०६:५४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij