Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कप्तान पौडेलको शतकमा वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान पौडेलको शतकमा वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

  • शनिवार, बैशाख १५ २०८१

  • 1.6K
    SHARES

  • कप्तान पौडेलको शतकमा वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं । कप्तान पौडेलको शतकमा वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालले रोमाञ्चक जित हात पारेको छ। नेपालले आज घरेलु मैदानमा भएको खेलमा वेस्ट इन्डिज ए लाई ४ विकेटले हराएको हो।

    कप्तान पौडेलको सतक प्रेरित खेलमा नेपाल २ बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो। पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए। उनले १० चौका र ६ छक्का प्रहार गरे।रोहित पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो।

    अन्तिम ओभरमा गुल्शन झाले २ चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो।झाले अविजित ९ रन र प्रतिश जिसीले एक चौकासहित ५ रनमा अविजित रहे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २४ रन, कुशल मल्ल र कुशल भुर्तेलले १६–१६ रन र अनिल साहले ५ रन बनाए।

    यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो।वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए।ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाए।

    अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि कमल सिंह ऐरी,दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाश बोहोराले एक\एक विकेट लिए।

     


    शनिवार, बैशाख १५ २०८१०४:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij