काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गर्नुभएको छ । इलाम नगरपालिका ७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उहाँले मत हाल्नुभएको हो ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताउनुभयो ।