Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

धरौटी बुझाएपछी दिपेश पुन रिहा

धरौटी बुझाएपछी दिपेश पुन रिहा

  • शुक्रवार, बैशाख १४ २०८१

  • 787
    SHARES

  • धरौटी बुझाएपछी दिपेश पुन रिहा

    काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन रिहा भएका छन्। जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनी आज रिहा भएका हुन् ।

    एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएपनि रकम जम्मा नगरेपछि पुर्पक्षका लागि जेल चलान भएका पुन आज रकम जम्मा गरेपछि रिहा भएका एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो।

    पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ। तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबीको दाबी छ।

    यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोतले भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको बताएको छ।


    शुक्रवार, बैशाख १४ २०८१०५:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij