Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

  • शुक्रवार, बैशाख १४ २०८१

  • 424
    SHARES

  • जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

    पार्टीको महाधिवेशन आगामी जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने भएको छ । महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ ।

    ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


    शुक्रवार, बैशाख १४ २०८१०६:५२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij