Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचनः आचारसंहिता विपरीत गर्नेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

उपनिर्वाचनः आचारसंहिता विपरीत गर्नेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

  • बिहिवार, बैशाख १३ २०८१

  • 483
    SHARES

  • उपनिर्वाचनः आचारसंहिता विपरीत गर्नेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

    काठमाडौं। निर्वाचन आयोगले आउँदो शनिबार बैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

    निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा सम्बन्धित सुरक्षा निकायले अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउन आयोगले तीन बुँदे निर्देशन दिएको आयोगले जनाएको हो।

    उपनिर्वाचन २०८१का लागि जारी निर्वाचन आचारसंहिता,२०७९मा भएको व्यवस्था बमोजिम मतदान हुने दिन वैशाख १५ गते शनिवार भन्दा ४८ घण्टा अघि (बुधवार) गएराति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिसकेको छ।

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता,२०७९ मा भएको व्यवस्था बाहेक अन्य विभिन्न कार्य नगर्न भन्दै आयोगले सम्बन्धित सबै सरोकारवालालाई तीन बुँदे निर्देशन दिएको हो।


    बिहिवार, बैशाख १३ २०८१०५:२०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij