Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

  • बिहिवार, बैशाख १३ २०८१

  • 411
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

    गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
    विश्वासको मत लिनुअघि उहाँले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाउनुभएको थियो ।

    सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

    एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।


    बिहिवार, बैशाख १३ २०८१०८:५५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij