Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

‘खबरदार, मौन अवधि मनि अवधि नहोस्’ : रवि लामिछाने

‘खबरदार, मौन अवधि मनि अवधि नहोस्’ : रवि लामिछाने

  • बुधवार, बैशाख १२ २०८१

  • 661
    SHARES

  • ‘खबरदार, मौन अवधि मनि अवधि नहोस्’ : रवि लामिछाने

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल हुने आशंका व्यक्त गर्नुभएको छ। इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मौन अवधिलाई मनी अवधि नबनाउन अन्य दलहरुलाई चेतावनी दिनुभएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेले सम्बोधनमा भन्नुभयो,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

    उहाँले निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने चेतावनी दिनुभयो। चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे पनि उच्च मूल्यांकन हुने उहाँले बताउनुभयो।

    आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ।


    बुधवार, बैशाख १२ २०८१०४:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij