Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

  • बुधवार, बैशाख १२ २०८१

  • 1.1K
    SHARES

  • कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ
    काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभयो। 
     
    रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको हो। बुधबार आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विना विभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो । 
     
    बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डामा कुरा नमिले पछि उहाँले अहिलेसम्म सरकारलाई पूर्णता दिन सक्नुभएको छ ।


    बुधवार, बैशाख १२ २०८१०३:२०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij