काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदै छ ।
दुईदिने भ्रमणका लागि हिजो नेपाल आइपुगेका थानीले बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
यसअघि थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गर्नुभएको थियो । थानी आजै अपराह्न स्वदेश फर्किने कार्यतालिका छ ।