Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नेकपा एसको स्थायी कमिटी बैठक यहि वैशाख २६ गते बस्दै

नेकपा एसको स्थायी कमिटी बैठक यहि वैशाख २६ गते बस्दै

  • मंगलवार, बैशाख ११ २०८१

  • 421
    SHARES

  • नेकपा एसको स्थायी कमिटी बैठक यहि वैशाख २६ गते बस्दै

    काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठक यहि वैशाख २६ गते बस्दै छ ।

    महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

    स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, सांगठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।

    महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका संगठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिनुभयो ।

    आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।


    मंगलवार, बैशाख ११ २०८११०:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij