Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठकका यी हुन् बोल्ड निर्णय

मन्त्रिपरिषद् बैठकका यी हुन् बोल्ड निर्णय

  • सोमवार, बैशाख १० २०८१

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठकका यी हुन् बोल्ड निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कतारका अमिरको नेपाल भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    दुई दिने राजकीय भ्रमणको सिलसिलामा अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । यस्तै अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा भएको छ भने हालका अर्थसचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि भएको छ ।

    यसैगरी लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    यस्तै विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।

    यसैबीच कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले बिदा दिने निर्णयमा राप्रपाका प्रवक्ताले व्यङ्ग्य गरेका छन् । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भएपनि सम्मान दिएको भन्दै प्रवक्ता मोहन श्रेष्ठले सरकारलाई व्यङ्ग्य गर्नुभएको हो ।

    ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।


    सोमवार, बैशाख १० २०८१०२:१२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij