Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कतारका अमिर शेख तमिम दुईदिने भ्रमणमा पर्सी नेपाल आउँदै

कतारका अमिर शेख तमिम दुईदिने भ्रमणमा पर्सी नेपाल आउँदै

  • आइतवार, बैशाख ९ २०८१

  • 360
    SHARES

  • कतारका अमिर शेख तमिम दुईदिने भ्रमणमा पर्सी नेपाल आउँदै

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सी नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो ।

    कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने, नौवटा सम्झौतापत्रमा हस्ताक्षर हुने कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कने र त्यसक्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभयो ।

    राजदूत अल अन्सारीका अनुसार, अमिर अल थानीले तीनै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

    कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिष्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

     


    आइतवार, बैशाख ९ २०८११०:४०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij