Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज

  • आइतवार, बैशाख ९ २०८१

  • 324
    SHARES

  • एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज

    काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पनि जारी हुने भएको छ । जारी बैठकमा आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।

    प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

    परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

     


    आइतवार, बैशाख ९ २०८१०७:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij