Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचनमा पैसा बाँड्नेलाई २४ घण्टामै कारबाही गर्छु : रवि लामिछाने

उपनिर्वाचनमा पैसा बाँड्नेलाई २४ घण्टामै कारबाही गर्छु : रवि लामिछाने

  • शनिवार, बैशाख ८ २०८१

  • 976
    SHARES

  • उपनिर्वाचनमा पैसा बाँड्नेलाई २४ घण्टामै कारबाही गर्छु : रवि लामिछाने

    काठमाडौं।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने चेतावनी दिनुभएको छ।

    रास्वपा सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताउनु भयो ।

    फरक प्रसंगमा उहाँले पुरानै चुनाव चिन्हमा भोट हालेर गाउँको मुहार फेर्न संभव नरहेकोले गाउँको मुहार फेर्न चुनाव चिन्ह पनि फेर्न मतदातालाई आग्रह गर्नुभयो। लामिछानेले आफूहरुले काम गर्न नसके अर्को पटक अर्कै पार्टीलाई भोट हाल्न आग्रह गर्नुभयो।

    रक्सी र मासुमा भोट खेर नफाल्न मतदातालाई आग्रह गर्दै उहाँले आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरु केही नभएको जिकिर गर्नुभयो। इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।


    शनिवार, बैशाख ८ २०८१०३:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij