Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

स्काउट जग्गा प्रकरणमा आफू निर्दोष भएको कांग्रेस नेता खड्काको दाबी

स्काउट जग्गा प्रकरणमा आफू निर्दोष भएको कांग्रेस नेता खड्काको दाबी

  • शनिवार, बैशाख ८ २०८१

  • 469
    SHARES

  • स्काउट जग्गा प्रकरणमा आफू निर्दोष भएको कांग्रेस नेता खड्काको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफू निदोष रहेको बताउनुभएको छ ।

    पत्रकार सम्मेलन गर्दै सांसद खड्काले स्काउटको जग्गामा बनाएको पार्टी प्यालेस लगायत सटरमा ताला लगाएर व्यवसायीहरूलाई आतङ्कित बनाएको आरोप लगाउँदै यो प्रकरणमा आफू निदोर्ष रहेको दाबी गर्नुभएको छ ।

    बिहीबार सरकारले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको दाबी गर्नुभएको छ । यस्तै उहाँ आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आबद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप पनि लगाउनुभएको छ ।

    उहाँले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न तयार रहेको बताउनुभयो । १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको उहाँको भनाइ छ ।


    शनिवार, बैशाख ८ २०८१११:०७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij