Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रूसी सैनिकको हवाई हमलामा परि ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

रूसी सैनिकको हवाई हमलामा परि ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.2K
    SHARES

  • रूसी सैनिकको हवाई हमलामा परि ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

    सिरियाको इदलिब प्रान्तमा रूसी सैनिकको हवाई हमलामा ५० भन्दा बढीको मृत्यु भएको छ । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमणमा टर्की समर्थित लडाकूको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य दर्जनौँ घाइते भएका छन् ।

    आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विरामको उल्लङघन भएको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले परस्पर विरोधी पक्षलाई समर्थन गरिरहेका छन् । बेलायतमा रहेको मानवअधिकारवादी संस्था सिरियन अक्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, आक्रमणमा मर्ने लडाकूको संख्या ७८ सम्म हुन सक्छ । कैयौं लडाकूको स्वास्थ्यस्थिति गम्भीर छ र मर्नेको संख्या बढ्न सक्छ ।

    मार्च महिनामा युद्धविराम गरिएपछिको यो सबभन्दा ठूलो आक्रमण हो । आक्रमण इदलिब शहरको उत्तरपश्चिममा रहेको हारेम क्षेत्रमा गरिएको हो ।  युद्धविरामपछि यस क्षेत्रमा सिरियाली सेनाको आक्रमण रोकिएको थियो ।

    त्यहाँबाट १० लाखभन्दा बढी मानिस घर छोडेर गइसकेका छन् । युद्धविरामपछि त्यहाँ पलायन पनि रोकिएको थियो । सिरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा कुनै शक्तिले आक्रमण गरेमा त्यसलाई भरपूर जवाफ फर्काउने अधिकार टर्कीसँग रहेको भनी उसले युद्धविरामका बेलामा बताएको थियो । 

    सिरियामा विगत नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । विद्रोही र जिहादीहरूको कब्जामा रहेको इदलिब नै सिरियाको अन्तिम प्रान्त हो ।


    मंगलवार, कार्तिक ११ २०७७०३:००:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij