Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसदीय अभ्यास गलत दिशातर्फ उन्मुख, कानून निर्माणको पाटो उदेक लाग्दो (खास खबर)

संसदीय अभ्यास गलत दिशातर्फ उन्मुख, कानून निर्माणको पाटो उदेक लाग्दो (खास खबर)

  • बिहिवार, बैशाख ६ २०८१

  • 467
    SHARES

  • संसदीय अभ्यास गलत दिशातर्फ उन्मुख, कानून निर्माणको पाटो उदेक लाग्दो (खास खबर)
    काठमाडौं । अहिलेको संसदीय व्यवस्थामा अंकगणितका आधारमा सरकार निर्माण हुने भएकोले राजनीतिक स्थायित्व देखिँदैन । सरकार अदलबदलको स्थिति समेत म्युजिकल चेयरको खेलजस्तै भएको छ । अहिलेकै १ वर्षको वरिपरि तीनपटक सरकार बन्ने र भत्किने स्थिति सिर्जना भयो जसले थितिलाई बिगारेको छ । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंपनि उथलपुथलको राजनीतिलाई प्रशय दिने गतिविधिमा तल्लीन देखिनुभएको छ । आफू रहुञ्जेल यो प्रक्रिया दोहोरिइरहने उहाँको दाबी छ । नियमित संसद्मा जाने तथा सांसदको रसस्वादन गरिसकेकाहरूलाई अहिलेको गतिविधिले दिक्क पार्ने गरेको छ । त्यहीँ भएर पनि जनतामा वितृष्ण बढिरहेको पाइन्छ । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले  संसद् अनिर्णयको बन्दी बन्दै भएको दाबी गर्नुभयो । न त कानून निर्माण हुन सकेको छ न सांसदहरूले उठाएका मुद्दाहरू कार्यान्वयनको बाटोमा गएका छन् । 
     
    विश्वका अन्य मुलुकहरूमा पनि संसद्मा निकै विवाद हुने गरेको छ, त्यहाँ काम पनि सोही अनुसार भइरहेको हुन्छ । नेपालमा संसदीय अभ्यास कमजोर बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यहरूले उठाएका कैयन प्रश्नहरू अनुत्तरित नै रहेका हुन्छन् । कानून बनाउने थलो संसद्मा संविधान जारी भएको ८ वर्षसम्म पनि उल्लेख्य प्रगति हुन सकेको छैन । एमाले सांसद मानवीर राईका अनुसार संसद्मा सत्ता र प्रतिपक्षको जुहारी सामान्य हुन्छ । उठेका विभिन्न प्रकरणहरूमा सफलता हात लागेको उहाँको भनाइ छ । 
     
    संसद्लाई व्यवस्थित रुपमा सञ्चालन गर्न नसकिएको राजनीतिक विश्लेषकहरूको दाबी छ । विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले अहिलेको संसद् सत्ता उलटपुलटमा मात्रै केन्द्रित रहेको बताउनुभयो । संविधानको मर्म अनुसार नियमित कारबाही हुन नसकेको उहाँको तर्क छ । 
     
    संसद्को गतिरोध खोल्नका लागि दलहरू उदार हुन आवश्यक हुन्छ । विभिन्न बहानामा सत्ता प्राप्ति मात्रै लक्ष्य भएपछि यस्ता अन्यौलता र जटिलता आउने गर्दछन् । अहिलेसम्मको अभ्यासबाट पाठ सिक्दै नयाँ अध्यायको रूपरेखा आवश्यक देखिएको छ । 
     


    बिहिवार, बैशाख ६ २०८१०७:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij