Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

  • बिहिवार, बैशाख ६ २०८१

  • 591
    SHARES

  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    काठमाडौं। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।

    मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गर्नुभएको हो ।

    आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।

    यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् ।


    बिहिवार, बैशाख ६ २०८१०१:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij