Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गण्डकीमा संसद् आह्वानप्रति कांग्रेसको आपत्ति,दियो यस्तो चेतावनी

गण्डकीमा संसद् आह्वानप्रति कांग्रेसको आपत्ति,दियो यस्तो चेतावनी

  • बुधवार, बैशाख ५ २०८१

  • 946
    SHARES

  • गण्डकीमा संसद् आह्वानप्रति कांग्रेसको आपत्ति,दियो यस्तो चेतावनी

    काठमाडौं। गण्डकी प्रदेशमा संसद बैठक आह्वान गरिएपछी नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै आज कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत आपत्ति प्रकट गर्नुभएको हो।

    विज्ञप्तिमा पाण्डेले प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको र यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने भएकोले यसको जिम्मेवार सम्बन्धित पक्ष नै हुने चेतावनी समेत दिनुभएको छ।

    गण्डकी प्रदेशमा सभाभुख समेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।उक्त कदमलाई असंवैधानिक भन्दै कांग्रेस २७ गते सर्वोच्च अदालत गएको थियो।

    सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेर अन्तरिम आदेश जारी गरेको छ। उक्त मुद्दालाई अग्राधिकार दिएर सर्वोच्चले वैशाख १० गतेका लागि पेसी तोकेको छ।

    यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्तिः

    a.png


    बुधवार, बैशाख ५ २०८१०४:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij