काठमाडौं यहि वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र सम्बन्धित क्षेत्रमा पठाइने निर्वाचन आयोगले जनाएको छ। छपाइको काम सकिएसँगै मतपत्र पठाउन लागिएको हो ।
इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । इलाम २ मा १९ र बझाङ(१ ९१० मा ११ उमेदवार छन् ।
इलाम-२ मा १९ र बझाङ-१ (१) मा ११ उमेदवार छन् । इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्।