Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सहकारी ठग र गृहमन्त्री कुन रवि हुन् छुट्याउन छानबिन समिति चाहियोः गगन थापा

सहकारी ठग र गृहमन्त्री कुन रवि हुन् छुट्याउन छानबिन समिति चाहियोः गगन थापा

  • मंगलवार, बैशाख ४ २०८१

  • 742
    SHARES

  • सहकारी ठग र गृहमन्त्री कुन रवि हुन् छुट्याउन छानबिन समिति चाहियोः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठग रवि र गृहमन्त्री रवि छुट्याउन संसदीय समिति आवश्यक रहेको बताउनु भएको छ ।

    संवाद यात्राका क्रममा आज कञ्चनपुर पुग्नु भएका महामन्त्री थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् ? छुट्याउन समिति अत्यावश्यक बनेको बताउनु भएको हो।

    कांग्रेसले माग गरिरहेको छानबिन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्धाले प्रमाणित भएको थापाले दाबी गर्दै भन्नुभयो, ‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्‍यो कि परेन?’

    उहाँले थप्नुभयो, ‘प्रहरीले सरकारी वकिल कहाँ मुद्धा दर्ता गर्‍यो। मुद्धा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो, प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगि गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’

    उहाँले सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने दाबी गर्नुभयो। सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाको भनाई छ। जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उहाँले बताउनुभयो।

     

     


    मंगलवार, बैशाख ४ २०८१०४:४६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij