Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार : नेप्से परिसुचक राताम्मे, यस्तो छ आजको कारोबार

सेयर बजार : नेप्से परिसुचक राताम्मे, यस्तो छ आजको कारोबार

  • मंगलवार, बैशाख ४ २०८१

  • 767
    SHARES

  • सेयर बजार : नेप्से परिसुचक राताम्मे, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज पनि राताम्मे बनेको छ। साताको तेस्रो कारोबार दिन बजार आज दोहोरो अंकले घटेर राताम्मे बनेको हो। आज नेप्से १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ।

    यसदिन ३१२ धितोपत्रको ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँमा किनबेच भएको छ। आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    आज हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ। १०.७५ प्रतिशत एसबीएल डिभेन्चरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।यस्तै रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।


    मंगलवार, बैशाख ४ २०८१०४:११:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij