Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

अर्थमन्त्री पुन वासिङ्टन डिसी पुगे, यस्तो छ कार्यतालिका

अर्थमन्त्री पुन वासिङ्टन डिसी पुगे, यस्तो छ कार्यतालिका

  • मंगलवार, बैशाख ४ २०८१

  • 338
    SHARES

  • अर्थमन्त्री पुन वासिङ्टन डिसी पुगे, यस्तो छ कार्यतालिका

    एजेन्सी । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वासिङ्टन डिसी पुग्नुभएको छ ।

    मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत रहेका छन् ।

    त्यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

     


    मंगलवार, बैशाख ४ २०८१०७:३५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij