काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने तय भएको छ । आजको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले पार्टीले जनाएको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ।