Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एक हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री महरा

एक हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री महरा

  • शनिवार, बैशाख १ २०८१

  • 724
    SHARES

  • एक हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री महरा
    रोल्पा । गृह जिल्ला रोल्पा पुग्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले वैशाख पहिलो हप्ताभित्र मन्त्री मण्डल विस्तार हुने बताउनुभएको छ । 
     
    मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तारका लागि सत्तारूढ दलहरूसँग सरसल्लाह भइरहेको जानकारी दिनुभयो ।
     
    मुख्यमन्त्री महराले २०८० चैत ३० गते शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत लिनु भएको हो। उहाँले लुम्बिनी प्रदेशसभामा ८६ सांसद मध्ये ४८ जना सांसदको साथ पाउनु भएको छ भने नेपाली कांग्रेस सहित २८ जना सांसदले मुख्यमन्त्री महराको विपक्षीमा मत दिएका थिए।
     
    नयाँ वर्ष २०८१ को अवसरमा गृह जिल्ला रोल्पा पुगी मुख्यमन्त्री महराले रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरिएको सहिद स्तम्भ र सुनिलस्मृति गाउँपालिका गजुलमा निर्माण गरिएको सुनिल पार्कमा रहेको किम बहादुर थपा (सुनिल)को सालिकमा माल्यार्पण गर्नु भएको छ। मुख्यमन्त्री महराले यो देशलाई यो स्थानसम्म ल्याइपुर्‍याउनु हुने,ज्यानको बलिदान दिनु हुने सम्पूर्ण सहिद योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली,घाइते अपाङ्ग प्रति सम्मान र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ। 
     
     


    शनिवार, बैशाख १ २०८१०८:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij