Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

  • शनिवार, बैशाख १ २०८१

  • 362
    SHARES

  • एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ ।

    आठौँ जिल्ला अधिवेशनमा राईले तीन सय ३९ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित हुनुभएको उहाँ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएकोे प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताउनुभयो ।

    जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ भने पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

    एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी हुनुभएको छ । समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ भने आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर निर्वाचित हुनुभएको छ ।


    शनिवार, बैशाख १ २०८१०८:३०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij