Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

  • शुक्रवार, चैत्र ३० २०८०

  • 356
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।

    नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    मुख्यमन्त्री महराले एमालेबाट चेतनारायण आचार्य, जनता समाजवादीबाट भण्डारीलाल अहिर र माओवादीबाट दीपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

    आज विश्वासको मत लिएपछि मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री महराको सचिवालयले जनाएको छ ।

     


    शुक्रवार, चैत्र ३० २०८०१०:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij