काठमाडौं । नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा निर्वाचित भएका छन्।
कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताउनुभयो ।
नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १०३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो। सोमबार शुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो।