Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाईदियो

खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाईदियो

  • सोमवार, कार्तिक १० २०७७

  • 1.4K
    SHARES

  • खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाईदियो

    काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

    गत १४ चैतदेखि कोरोना भाइरसका कारण अलपत्र परेका नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

    खुला मञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिमले दसैँको अवसरमा सबैमा उत्साह ल्याउने उद्देश्यसहित टीका लगाउने व्यवस्था गरेको जनाएको छ ।

    यसरी टीका लगाउन पाउँदा खुसी लागेको सर्वसाधारणले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायका संस्थाले संक्रमणको चपेटामा परेकालाई उद्धार गरिरहेकाले आफूहरू धन्य भएको उनीहरूको भनाइ छ ।

    हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको वेला घरमा गएर आमाबुबाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरूलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताउनुभयो ।

    दसैँजस्तो राष्ट्रिय चाड दुःखमा परेकाहरूले पनि मनाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको उहाँको भनाई छ ।  कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरू रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उहाँले बताउनुभयो ।


    सोमवार, कार्तिक १० २०७७०६:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij