Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रायोजित पत्रकारहरुले लेखेको विषयमा नजाऔँ : रास्वपा

प्रायोजित पत्रकारहरुले लेखेको विषयमा नजाऔँ : रास्वपा

  • बुधवार, चैत्र २८ २०८०

  • 856
    SHARES

  • प्रायोजित पत्रकारहरुले लेखेको विषयमा नजाऔँ : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
    प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सदनमा निराधार कुनै व्यक्तिमाथि पटक पटक लाञ्छना लगाउन नपाइने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘गृहमनन्त्रीको विषयमा कानूनले कुनै निर्णय दिइसकेको छैन। सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो जवाफ दिइसक्नुभएको छ। त्यो उजुरी भनिएको कुनै व्यक्तिले चौकीमा दिएको मात्रै हो त्यो दर्ता भएको छैन। त्यो प्रायोजित केही पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ। निष्कर्ष छैन। त्यसको आधारमा पटक पटक गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ। आउनुस्, कानूनी रूपमा जाऔँ, आउनुस् प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पाल्नुहुन्छ। त्यसैले यस्तो राजनीति नगर्नुस्।


    बुधवार, चैत्र २८ २०८००२:०२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij